सर्वोच्च अदालतमा धितोपत्र बोर्डविरुद्ध रिट

काठमाडौं । सर्वोच्च अदालतमा नियामक निकाय नेपाल धितोपत्र बोर्डविरुद्ध रिट दायर भएको छ । जसको पेशी आइतबारको लागि तोकिएको छ ।

बोर्डले मंगलबार सार्वजनिक गरेको प्रेस विज्ञप्ति बदर गर्ने माग गर्दै अधिवक्ता रविन बोहजुले शुक्रबार बोर्ड बिरुद्द रिट दायर गरेको जनाइएको छ । जहाँ नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, अर्थमन्त्रालय र कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई विपक्षी रहेका छन् ।  उक्त रिट निवेदनमार्फत् लगानीकर्तालाई भयवित हुने काम नगर्न नगराउन अन्तरिम आदेशको माग गरिएको छ ।

मंगलबार बोर्डले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै अध्ययन समितिले ५१ वटा कम्पनीहरुको शेयर मूल्य चलखेल गरेर बढेको प्रारम्भिक रिपोर्ट सार्वजनिक गरेको थियो ।