नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघको दोस्रो वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघ (निर्मा) को दोस्रो वार्षिक साधारणसभा भर्चुअल माध्यमबाट एक कार्यक्रम आयोजना गरी मनाइएको छ । सामाजिक सुरक्षा जोखिम व्यवस्थापन र बीमा क्षेत्रमा जनचेतना जगाउन र प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न हुने उद्देश्यका साथ स्थापित निर्माको दोस्रो वार्षिकोत्सव कार्यक्रम संस्थाका अध्यक्ष डा. रविन्द्र घिमिरेका अध्यक्षतामा सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाली बीमा क्षेत्रका भीष्म पितामह प्रा. डा. फत्तबहादुर केसीले निर्माले सबै क्षेत्र समेट्ने चाहना राखेकाले यसको खास स्मरण हुने बताएका छन् । उनले आफू विमा समितिको मूलधारबाहिरको भएकाले यस जुम कार्यक्रमबाट धेरै कुरा सिक्न पाएको बताए । उनले भने, ‘ बीमाक्षेत्रका सबैसँग संगठनलाई एकै छातामा उन्ने काम गर्नुभएको छ ।’ उनले थप एकेडेमिक क्षेत्रलाई पनि समेटेर अझै आधिकारिक कार्य गर्न सकेको बताए । उनले भने, ‘बीमासँग सम्बन्धित सबै संघ संगठनलाई एकै ठाउँमा समेट्न सकेकाले निर्मा आफैँमा आदर्श मञ्च हो ।’  ‘बीमा क्षेत्रमा भएका सम्भावनालाई उजागर गर्ने सवालमा निर्माले आधिकारिक ढंगले प्राज्ञिक ज्ञान बाँड्ने थलोका रुपमा काम गरेको देख्दा खुसी लागेको छ,’ उनले भने, ‘निर्माको पहिचान अझ अगाडि बढ्छ र बीमा क्षेत्रमा लागेका मानिसको क्षमता विकास गर्ने र जोखिम व्यवस्थापन गर्ने कुरामा म विश्वस्त छु ।’

स्वागत मन्तव्य राख्दै सुरेन्द्र थापाले निर्माले विविध क्षेत्रका व्यक्तित्वलाई स्वागत गर्दै यसपछिको दिनमा बीमा र जोखिम व्यवस्थापनसँग सम्बन्धित विषयमा निरन्तर समायोजन गर्ने बताए । कार्यक्रममा सिन्धुपाल्चोकको प्राकृतिक प्रकोपमा परेका ज्यान गुमाएका मानिसहरुको सम्मानमा एक मिनेट मौनधारण समेत गरियो ।

जीवन विमक संघका उपाध्यक्ष पोषक पौडेलले निर्माको दोस्रो वार्षिकोत्सवको अवसरमा अझ उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरे । उनले आजको मितीमा पनि भारतीय जनशक्तिमा हुनुपर्नेमा निर्माले त्यसको अभाव पूर्ति गर्ने विश्वास व्यक्त गरे । यसलाई क्षमतावृद्घि र सामाजिक सूरक्षामा गाउँ गाउँमा सुसूचित गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । पौडलेले भने, ‘जीवन विमक संघ पनि संस्थागत रुपमा सहकार्य गर्दै अगाडि बढ्न तयार छौँ । क्षमता ज्ञान गसणस्तरीयताको ग्याप रहेकाले क्षेत्र निर्धारण गरेर त्यही आधारमा गुणस्तर वृद्घि गर्ने जसमा निर्माको तीनवटै उद्देश्यलाई समानान्तर रुपमा अगाडि बढाउन सकिन्छ ।’

त्यस्तै, नेपाल बीमित संघका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले निर्मालाई दोस्रो वार्षिकोत्सवको शुभकामना दिँदै बीमितको हितका लागि निर्माले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । ‘आजको यो दिन सम्पूर्ण विमीतहरुको खुसीको दिन हो,’ उनले भने, ‘फेरि एकपटक निर्मालाई हार्दिक शुभकामना टक्राउन चाहन्छु ।’