धरानमा कृषकलाई कालो बंगुरको पाठापाठी निःशुल्क बितरण

धरान । धरान उपमहानगरपालिकाले कृषकहरूलाई कालो बंगुरको पाठापाठी निःशुल्‍क वितरण गरेको छ । २५ जना कृषकहरुलाई प्रतिव्यक्ति ४ वटाका दरले १ सय वटा कालो बंगुरको पाठापाठी वितरण गरेको  हो ।

धरान १३ स्थित कृषि उपज बजारमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी धरान उपमहानगरका मेयर तिलक राईले कृषकहरुलाई कालो बंगुरको पाठापाठी  वितरण गरका हुन् ।