गण्डकीका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले विश्वासको मत लिएका छन् ।

शुक्रबार पोखरेलले आफूलाई प्रदेशसभाको विश्वास छ भनीको प्रस्ताव बहुमतबाट पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे । उनको पक्षमा ३१ सांसदले मतदान गरे । नेकपा एमालेका २७ सांसदले भने विपक्षमा मतदान गरेका थिए ।गण्डकी प्रदेशसभा ६० सदस्यीय भएका मध्ये आज ५८ जना सदस्यहरू उपस्थित थिए । राष्ट्रिय जनमोर्चाका सांसद कृष्णबहादुर थापा पदमुक्त भएका छन् भने सभामुख मतदानमा सहभागी भएनन् ।