गृहमन्त्री सहित सुरक्षा निकायका प्रमुखहरु शीतलनिवासमा

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गृहमन्त्री खगराज अधिकारी लगाएत सबै सुरक्षा निकायका प्रमुखहरुलाई शीतलनिवासमा बोलाएकी छन्। 

गृहसचिव, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख  र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु शुक्रबार दिउँसो पहिले शीतलनिवास पुगेका हुन् ।  

गृहमन्त्री अधिकारी, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख गणेश अधिकारी पनि शीतलनिवास पुगेका छन्।