मुनि नदीको त्रास र माथि पहिरोको पीर,जोखिममा दुनै बजार

भेरी नदीको किनारमा अवस्थित डोल्पाको सदरमुकाम दुनै जोखिममा परेको छ। वर्षात्का कारण नदीमा पानीको बहाव बढेसँगै स्थानीयबस्ती जोखिममा परेको हो। तल नदीको काट्दै लगेको छ भने माथिबाट पहिरोको खतरा छ। दुनै बजारमाथिको पहाड सडक निर्माणका लागि अव्यवस्थित रुपमा भत्काउँदा कमजोर बन्दै गएको छ।

समुद्री सतहबाट दुई हजार ८५ मिटर उचाइमा रहेको दुनै वर्षेनी वर्षाको समयमा उच्च जोखिममा रहने गरेको छ। वर्षायाम सुरु भएसँगै यहाँका बासिन्दा त्रासमा हुन्छन्। मुनिबाट नदीले बागाउँला भन्‍ने त्रास छ भने माथिबाट पहाड भत्किएने पीर हुन्छ।  तापनि दिगो हिसाबमा जोखिम न्यूनीकरणका लागि ध्यान जान सकेको छैन् । सुख्खा भू–भाग रहेको दुनैमा पानी कम पर्ने गरे तापनि उच्च हिमाली भू–भागबाट हिँउ पग्लेर पानी धेरै आउने भएको कारण वर्षायाममा दिनहुँ भेरी नदीको बहाव उच्च हुने गरेको स्थानीयवासी बताउँछन्। नदी किनारामा जग भएका झण्डै ७० भन्दा बढी घर बाढीको जोखिममा हुन्छन्। रासस