विश्वकपको उपविजेता क्रोएसिया चेक रिपब्लिकसँग बराबरीमा रोकियो

विश्वकपको उपविजेता क्रोएसिया युरोपेली च्याम्पियनसिपको समूह डी अन्तर्गत दोस्रो खेलमा चेक रिपब्लिकसँग बराबरीमा रोकिएको छ।

ग्लास्गोस्थित ह्याम्पडेन पार्कमा सम्पन्न  खेलमा दुबैले १-१ गोलको बराबरी खेलेका हुन्।

पहिलो हाफमा १ गोलले पछि परेको क्रोएसियाले दोस्रो हाफमा बराबरी गोल फर्काएको हो। उसका लागि इभान पेरिसिकले बराबरी गोल फर्काए।

यसअघि खेलको ३७ औं मिनेटमा प्याट्रिक शिकले पेनाल्टीमा गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए।

क्रोएसियाका डेजान लेभ्रोनले प्याट्रिकलाई फउल गरेपछि भीएआरको सहायताबाट चेक रिपब्लिकले पेनाल्टीको अवसर पाएको थियो । जसमा उनले सहजै गोल गरे ।यो सँगै समूह ‘डी’ चेक रिपब्लिक ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।  क्रोएसिया १ अंकसहित तेस्रो स्थानमा छ। पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको थियो।