स्वीस बैंकमा नेपालीको ४६ अर्ब ६४ करोड बचत

काठमाडौं । स्वीट्जरल्यान्डको केन्द्रीय बैंक स्वीस नेसनल बैंकले सार्वजनिक गरेको पछिल्लो वार्षिक विवरणमा नेपाल, भारत लगायतका मुलुकका नागरिकले गरेको बचतमा वृद्धि भएको देखिएको छ । 

उक्त बैंकमा नेपालीको हाल विनिमय दरअनुसार सन् २०२० सालमा ४६ अर्ब ६४ करोड बचत रहेको उल्लेख छ । जुन ब्याजसहितको रकम  भए तापनि अघिल्लो सालको तुलनामा दोब्बर भएको छ । सन् २०१९ मा नेपालीले कुल २२ अर्ब ७३ करोड बचत गरेको थियो । 

त्यस्तै, सन् २०२० मा भारतीयले उक्त बैंकमा २० हजार ७ सय करोड भारु बचत गरेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार भारतीय बचत १३ वर्ष यताकै उच्च रहेको छ ।

वित्तिय जोखिम कम हुने भएकाले २ सय २४ देशका नागरिकले यस बैंकमा बचत गर्ने गर्छन् । 

सम्पत्ति शुद्धीकरणको मामिलामा सघाउन र पारदर्शीतामा लचिलो बन्न यस बैंकलाई कतिपय अन्तर्राष्ट्रिय निकायले दबाब दिने गरेको जनाइएको छ ।