कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्था निकै नाजुक (भिडियोसहित)

काठमाडौँ । सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी कलाकार निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालनमा ल्याइएको छ ।परिवारको आर्थिक अवस्था कमजोर हुँदा उपचार सम्भव नभएपछि उहाँको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गइरहेको जनाइएको छ । तेइस वर्षीया निशाको अवस्थाबारे जानकारी पाएपछि नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले समाजिक सञ्जालमा घिमिरेको तस्बीर सार्वजनिक गरेका थिए । दुई वर्ष अघि कलाकारिता अध्ययन गर्न भारतको देहरादुन गएकी थिइन ।उपचारको अभावले उनका यो अवस्थामा पुगेको चलचित्रकर्मी दीपक राज पाठकले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनी लेख्छन्, ‘केही दिन पहिले पहिलो पटक टिकटकमा उहाँको यस्तो नाजुक अवस्था देख्दा आँसु रोकिएन मेरो ! पहिले र अहिलेको यो अवस्था देख्दा मेरो मात्र होइन देख्ने जो कोहीको आँखा रसाउछ होला सायद !😭 एउटा राष्ट्रको गहना निशा उपचारको अभावले जीवनमरणको दोसाँधमा छिन ।

ताजा अपडेट