चलचित्रका लागि ज्यानको जोखिम मोलेका आमिरका केही रोचक तथ्य

मुम्बई । अभिनेता आमिर खान र अभिनेत्री रानी मुखर्जीको ब्लकबस्टर चलचित्र ‘गुलाम’ रिलिजको २३ वर्ष पूरा भएको छ। 
चलचित्रका हरेक दृश्य र गीतहरुले दर्शकको वाहवाही पाएको थियो । चलचित्रको गीत ‘आती क्या खन्डाला’ त्यो समयको निकै हिट गीतमा परेको थियो।

यति मात्रै होइन, युवाहरुमाझ आमिरको स्टाइलमा प्रपोज गर्ने ट्रेन्ड नै चलेको थियो । आमिरको यस चलचित्रसँग सम्बन्धित केही रोचक तथ्यहरु यस प्रकार छन्–मृत्युको मुखबाट बाँचेका आमिर 
यस चलचित्रका लागि आमिरले निकै मिहिनेत गरेका थिए । चलचित्रको एक दृश्यको छायांकनमा क्रममा आमिर मृत्युको मुखमा पुगेर बाँचेका थिए । उक्त दृश्यमा आमिर गुडिरहेको ट्रेनको लेनमा झन्डा बोकेर दौडिनुपर्ने थियो । निर्देशकले उनलाई छायांकनअघि नै ट्रेननजिकै आउन लागेमा ट्रेन लेनबाट भागिहाल्न निर्देशन दिएका थिए । यद्यपि, आमिर दृश्यमा यति धेरै डुबेर अभिनय गरिरहेका थिए कि उनी टेकेको लेनमा ट्रेन एकदमै नजिक आइपुगिसको थियो । यसको छायांकन सानपान्डा ट्रेन स्टेसनमा गरिएको थियो ।