आमा र बुवा दुवैको माया दिएर बालबालिका हुर्काइरहेका बलिउडका ‘सिंगल फादर्स’

मुम्बई । हरेक व्यक्तिको जीवनमा आमा र बुवाको महत्वपूर्ण भूमिका हुन्छ । आमाको मायासँगै बुवाको मार्गदर्शनले व्यक्तिलाई सही मार्ग पछ्याउन मद्दत पुग्छ ।

 बलिउडका ‘सिंगल फादर्स’आमा र बुवा दुवैको माया दिएर बालबालिका हुर्काइरहेका छन् ।

करण जौहर

बलिउडका चर्चित चलचित्र निर्माता र निर्देशक करण जौहर अविवाहित हुन् । उनले आफ्ना दुई सन्तान यश र रूहीको हेरविचार गरिरहेका छन् । यी दुवै सन्तान  करणका सरोगेसीको माध्यमबाट जन्मेका हुन् । करणले आफ्ना सन्तानसँग बिताएका रमाइला पलहरुको भिडियो सामाजिक सञ्जालमा समय–समयमा पोस्ट गरिरहेका हुन्छन् । 

ऋतिक रोशन
बलिउड अभिनेता ऋतिक रोशनले पनि आफ्ना दुई सन्तान हुकाईरहेका छन् । पत्नी सुजैनसँग सम्बन्ध विच्छेदपछि उनीहरुका दुई छोरा, ऋहान र ऋदान अभिनेता रोशनसँगै छन् ।

तुषार कपुर
अभिनेता तुषार कपुरका एक छोरा छन् । लक्ष्य पनि सेरोगेसीबाटै जन्मिएका सन्तान हुन् । 

अविवाहित अभिनेता तुषारको विवाह गर्ने कुनै योजना छैन । तुषारकी दिदी एकताका पनि एक सन्तान छन्, जो सेरोगेसीबाटै जन्मिएका हुन् ।

अनुराग कश्यप
बलिउडका चर्चित निर्देशकमध्ये एक अनुराग कश्यप आफ्नी छोरी आलिया कश्यपलाई एक्लै हुकाईरहेका छन् । सन् २००९ मा आरती बजाजसँग सम्बन्धविच्छेदपछि अनुरागले अभिनेत्री कल्की कोचलिनसँग विवाह गरे । आलिया आरतीकै छोरी हुन् । तर, कल्कीसँग पनि केही वर्षपछि सम्बन्धविच्छेद भयो ।

राहुल बोस
बलिउडकै अर्का अभिनेता राहुल बोसले अन्डमान निकोबारबाट करिब ११ वर्षअघि ६ सन्तानलाई एडोप्ट गरेका थिए । अविवाहित राहुलले उनीहरु सबैको हेरविचार गरिरहेका छन् ।