प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित

काठमाडौं । होटल इच्छा सिमरा, बारामा आइतबार प्रुडेन्सियल इन्स्योरेन्सको सम्पन्न १९औं वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित गरेको छ । 

उक्त सभामा हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि शून्य दशमलव ४२ प्रतिशत गरी कुल ८ दशमलव ४२ प्रतिशत लाभांश पारित भएको छ । अहिले १ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी कम्पनीको बोनस वितरणपछि १ अर्ब १० करोड रुपैयाँ पुग्ने जनाइएको छ ।यसैगरी, उक्त सभामा शेयर स्वामित्व संरचना परिवर्तन गर्ने प्रस्ताव पनि पारित भएको छ । संस्थापक शेयर स्वामित्व ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण शेयर स्वामित्व ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याउने प्रस्ताव पारित भएको हो ।