नेपाल बैंकले ३ अर्बभन्दा बढी रकम मुद्दती निक्षेपमा लगानी गर्दै

काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्मचारी अवकाश कोष व्यवस्थापन ट्रस्टमा रहेको ३ अर्ब २० करोड रुपैयाँ बराबरको रकम मुद्दती खातामा लगानी गर्न लागेको छ । बैंकले उक्त रकम ३ महिनाको लागि लगानी गर्ने जनाएको छ । बैंकले इजाजत पत्र प्राप्त वाणिज्य बैंकहरूबाट अधिकतम ५० करोड रूपैयाँमा नबढ्ने गरी लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर असार ८ गते दिउँसो ४ बजेसम्म प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

ताजा अपडेट