मुख्यमन्त्रीले ल्याएको बजेटमा छलफल हुन नसक्ने भन्दै विपक्षीद्वारा बहिस्कार

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेकाले  उनले ल्याएको बजेटमाथि कुनै छलफल हुन नसक्ने भन्दै विपक्षीले प्रदेशसभा बहिस्कार गरेका छन् । 

विपक्षी गठबन्धनहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले आइतबार तय भएको प्रदेशसभा बहिस्कार गरेका हुन् । 

मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा हुनुहुन्छ । अल्पमतको मुख्यमन्त्रीले ल्याएका हरेक कार्यक्रम अल्पमतमा हुन्छन् । त्यही भएर बजेटमाथि छलफल हुन सक्त्तैन भनेर हामीले बहिस्कार गर्‍यौं,’विपक्षी गठबन्धनका सांसद सुदर्शन बरालले बताएका छन् । 

विपक्षी गठबन्धनले प्रदेशसभा बहिस्कार गरेसँगै बैठक स्थगित गरिएको छ ।