पछिल्लो २४ घण्टामा २४४२ जनामा संक्रमण पुष्टि

देशैभर आइतबार थप  २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो ।

पछिल्लो २४ घण्टामा ६६७७ जनामा पिसिआर परीक्षण गरिएकोमा १४२१ पोजेटिभ देखिएको थियो भने ४२४९ को एन्टिजेन परीक्षण गरिएकोमा १०२१ मा पोजेटिभ देखिएको थियो। पछिल्लो २४ घण्टामा  कूल २ हजार ४ सय ४२ जना संक्रमित थपिएका छन् । देशभर पछिल्लो २४ घण्टामा २ हजार ४५६ जना कोरोनाबाट निको भएका छन्।

त्यस्तै, ५१ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ।

ताजा अपडेट