अभिनेत्री करिश्माले सिन्धुपाल्चोकका बाढीपीडितलाई दिइन् १ लाख सहयोग

सिन्धुपाल्चोकका बाढीपीडितलाई अभिनेत्री करिश्मा मानन्धरले आफ्नो तर्फबाट १ लाख रुपैयाँ  आर्थिक सहयोगको घोषणा गरेकी छन्। 

 सिन्धुपाल्बचोक  बाढीपीडितको सहयोगका लागि कलाकारहरुले कृष्ण मल्लको संयोजकत्वमा काम गरिरहेको बताएका छन् ।

 कृष्ण मल्लको संयोजनमा १० गते सबै कलाकारहरुको तर्फबाट आ(आफूले सक्ने सहयोग सम्बन्धित निकायलाई हस्तान्तरण गरिने निधो भएको छ । मानन्धरले सामाजिक संजालमा लेखेकी छन्, ुअहिले कोरोना महामारीको यो अवस्थामा यो नै सुरक्षित उपाय हो। साथै उठेको रकमले कमसेकम उहाँहरुलाई वर्षा को यो मौसममा ओत लाग्ने छानोको व्यवस्था हुन सकोस्। मेरो तर्फबाट रु १००००० उपलब्ध गराउने जानकारी गराउन चाहान्छु।

ताजा अपडेट