कांग्रेस, कम्युनिष्ट र समाजवादी पार्टी रूपान्तरण गर्न बाबुरामको प्रस्ताव

काठमाडौं । प जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दल र त्यसको नेतृत्वको स्खलन नै देशको संकटको प्रमुख कारण रहेको बताएका छन्। आइतवार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले कांग्रेस, कम्युनिष्ट र समाजवादी रूपान्तरण हुनुपर्ने समेत बताएका छन् । उनले समस्या एकातिर तर समाधान अर्कोतिर खोज्न नहुने भन्दै पार्टीहरूलाई नयाँ बनाउन आँट गर्नुपर्ने बताएका छन्।‘भनिन्छ- टाउकाको ओखती नाइटामा लगाएर हुन्न! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो,’ भट्टराईले भनेका छन्, ‘कांग्रेस ‘कांग्रेस’ नरहनु, कम्युनिष्ट ‘कम्युनिष्ट’ नरहनु र समाजवादी ‘समाजवादी’ नरहनु । ’उनले पार्टीहरू रूपान्तरण हुनुपर्ने बताए। ‘कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं, नत्र समयले कसैलाई पर्खन्न है,’ उनले भनेका छन् ।

ताजा अपडेट