जिम्मेवारीपूर्ण भएर पार्टी जोगाउन खोज्दा त्यसलाई कमजोरी देखियोः माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश सांसदहरुमाथि गरिएको कारवाही अदालतले उल्टाएपछि फेरि भ्याकेटमा जाने निर्णयले पार्टी एकतालाई भंग गर्ने दिशामा लैजान खोजेको आरोप लगाएका छन् । 

पार्टीको संस्थापन पक्षले नै एकता भंग गर्ने खालका गतिविधि गरिरहेको आरोप लगाएका हुन् ।  

सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेपालले भनेका छन्, ‘स्थायी कमिटीका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो। ’सत्ता जोगाउनका लागि संविधान विरोधि र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गर्ने कुराले एकताबद्घ पार्टी बनाउने प्रयासविरुद्घ लागेको सहजै देख्न सकिने टिप्पणी उनको छ । 
असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन सबैको ध्यानाकर्षण गराउने पनि बताएका छन् । स्थायी कमिटीका नेतामाथि कथित कारबाही गरेर फेरि उनीहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले गर्दा विभिन्न शंकाहरु उत्पन्न भएको बताएका छन् ।  

ताजा अपडेट