सामाजिक सञ्जाल हेरिनसक्नु भयो, यो भ्याक्सिन र मास्कले समाप्त हुँदैनः ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल दुरुपयोग भएको बताएका छन् । 

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सामाजिक सन्ञ्जालमा अश्लिल र छाडा गालीगलौज अनि कुष्ठा छरपष्ट मात्र भएकाले यसलाई कुनै पनि भ्याक्सिन र मास्कले समाप्त नहुने बताएका हुन् । 

यस्तै उक्त कार्यममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा कोभिडको महामारीभन्दा सांस्कृतिक अधपनको महामारी डरलाग्दो गरी फैलिएको गुनासो गर्दै अरुको नक्कल गर्ने नाममा अनुशासनहिनता मौलाएको बताएका छन् । 

‘कोभिडलाई त हामी १/२ वर्षमा समाप्त गर्छौं । तर, यो सांस्कृति अधपतनको महामारी छ, त्यो भ्याक्सिन र मास्कले समाप्त हुँदैन । यसमा सावधानी नअपनाए पिँढी दरपिँढी हाम्रो समाजलाई यसले विकृत तुल्याउँछ, हामी दुनियाँकै सबैभन्दा असभ्य, असंस्कृत र भद्दा अभिव्यक्ति दिनभित्र पर्छौंं । सामाजिक सञ्जाल हेरिसक्नु हुन्छ र ? सञ्जालमा एउटा लेख दिनुभयो भने त्यसमा एकाध टिप्पणी हुन्छन् बाँकी अश्लिल र छाडा गालीगलौज अनि कुष्ठा छरपष्ट हुन्छ ।’ प्रधानमन्त्री ओलीले भने ।

ताजा अपडेट