हिमालयन रि–इन्स्योरेन्सले ३ अर्बको आईपिओ निस्काशन गर्दै

काठमाडौं । गत जेठको तेस्रो सातामा स्थापनाका भएको हिमालयन रि–इन्स्योरेन्स कम्पनी असार १७ गतेदेखि सञ्चालनमा आउने भएको छ । 

कम्पनीले गत जेठको तेस्रो साता बीमा समितिबाट कम्पनी स्थापनाका लागि स्वीकृति पाएको थियो । हाल हिमालयन रि इन्स्योरेन्स कम्पनी रजिस्ट्रारको कार्यालयमा पनि दर्ता भइसकेको छ । त्यसैगरी, संस्थागत लगानीतर्फको लगानी पनि जुटिसकेको छ ।

कम्पनीको अध्यक्षमा शेखर गोल्छालाई नियुक्त भएका छन् भने कम्पनीको कार्र्यालय बालुवाटारमा स्थापना गरिएको छ । 

अन्तिम स्वीकृतिका लागि बीमा समितिमा आवेदन दिइसकिएको कम्पनीले बताएको छ । अबको १ हप्ताभित्र बीमा समितिबाट कम्पनी सञ्चालनको अन्तिम स्वीकृति पाउने पनि कम्पनीले बताएको छ । 

यस कम्पनीको चुक्ता पूँजी रू. १० अर्ब रहेको कम्पनीले बताएको छ । जसमा १० अर्बमध्ये ७ अर्ब संस्थापक लगानी रहने छ भने ३ अर्बको साधारण शेयर (आइपिओ) निष्काशन गरिने पनि कम्पनीले बताएको छ । तर साधारण शेयर निष्काशनको मिति बारे भने बताइएको छैन । 

कम्पनीको मुख्य लगानीकर्तामा शंकर ग्रूप, भवानी रााणा, शेखर गोल्छा, पशुपति मुरारका, शाहिल अग्रवाल, लक्की ग्रूप, दुगड ग्रूपलगायतका व्यापारीक घराना रहेका छन् । 

ताजा अपडेट