निधि, कोइराला र सिंहको लन्च मिटिङ

नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा नेताहरूले छलफल तीव्र रुपमा  बढाएका छन्। 
केही दिनअघि सभापति शेरबहादुर देउवासँग आफू पनि सभापति उठ्ने बताएका उपसभापति विमलेन्द्र निधिले सभापतिका दुई अरू दाबेदार महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई आफ्नै निवासमा बोलाएर छलफल गरेका हुन्। 

  यसअघि महाधिवेशनका लागि सभापति देउवाले प्रदेश,प्रदेश अनुसार आफूनिकटका केन्द्रीय सदस्यहरूसँग बुढानिलकण्ठमा छलफल गरेका थिए । यसैबीचदेउवा निकट मानिने निधिले अर्को खेमामा रहेका दुई प्रभावशाली नेताहरूलाई सोमबार आफ्नो निवासमा लञ्चका लागि बोलाएका हुन् । 

कांग्रेसका कार्यकर्ताले निधि, कोइराला र सिंहलाई प्रेमपूर्वक ‘राजकुमार’ भन्ने गरेका छन्। उपसभापति निधि महेन्द्रनारायण निधिका छोरा हुन्। महामन्त्री कोइराला बीपीका छोरा हुन् भने पूर्वमहामन्त्री सिंह गणेशमान सिंहका छोरा हुन्।  कांग्रेसको स्थापना र नेपालको प्रजातान्त्रिक आन्दोलनमा यि तीनै जनाका बाबुहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। 

देउवालाई चुनौती दिने यी तीन राजकुमारु एकै ठाउँमा बसेर कुराकानी गरेपछि कांग्रेसमा अहिले नयाँ तरंग आएको छ। 
सभापति शेरबहादुर देउवालाई गत शनिबार भेटेर सभापतिमा उठ्ने जानकारी गराएर फर्केका निधिले आज छलफलका लागि महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहलाई बानेश्वरस्थित निवास निम्त्याएका थिए।

कतिपयले आगामी महाधिवेशनमा पुराना गुट भत्कने र नयाँ गुट बन्ने बताएका छन्। उक्त कुरालाई सहयोग पुग्ने गरी आज निधि, कोइराला र सिंहबीच भेटवार्ता भएको हो । संस्थापन पक्षबाट सभापतिमा फेरि देउवाले दोहोर्‍याउने तयारी गरेपछि उनलाई लामो समयदेखि साथ दिँदै आएका निधि असन्तुष्ट बनेका छन् । देउवाले अब आफूलाई सभापति नछोड्ने हो भने आफू अरूसँग सहकार्य गरेर अघि बढ्ने निधिले बताएका छन्।

ताजा अपडेट