को हुन् यि काइली, जो प्रेमिको एक प्रतिक्रियाले बनिन् अर्बपति

हलिउड । चर्चित अमेरिकन टिभी पर्सनालिटी, मोडल र महिला व्यावसायी काइली अरबौंको व्यावसायिकी मालिकनी हुन् । जीवनमा कसैकसैको एउटा प्रतिक्रियाले कति फरक पर्दछ भन्ने कुरा  जेनरको जीवनले प्रस्ट्याउँछ । 

काइलीको जीवनमा आजको दिन आउनुको पछाडि उनका प्रेमिको एउटा प्रतिक्रिया मात्रै थियो। जसले काइलीको जीवनमा यति सकारात्मक परिवर्तन ल्याउन मद्दत पुग्यो । काइलीका अनुसार उनका एक पूर्व प्रेमिले उनीसँग चुम्बन पछि भने, “तिमी राम्रो चुम्बन गर्छौ तर तिम्रो ओठ धेरै सानो छ ।” यहि प्रतिक्रिया थियो जसले काइलीलाई सानै उमेरमा व्यावसायी बन्न प्रेरित गर्यो। 

प्रेमिको यस्तो प्रतिक्रियापछि काइलीलाई आफ्नो ओठप्रति असन्तुष्टि हुन थाल्यो र लिप फिलर्सको प्रयोग गर्न थालिन्। २३ वर्षिय मोडल काइलीले ‘किपिंग अप विद द कार्दशियन्स’ शोमा यसको खुलासा गरेकी छन्। 

प्रेमिको यस्तो प्रतिक्रियापछि उनले ‘काइली लिप किट्स’ नामक आफ्नै कस्मेटिक ब्रान्ड सुरु गरेकी थिइन् । यसको लोकप्रियता यति बढ्न थाल्यो कि पछि काइलीले यसको नाम परिवर्तन गरेर ‘काइली कस्मेटिक्स’ राखिन् र अहिले यही नामबाट उनको बिजनेस चलिरहेको छ । काइलीको यही बिजनेसले उनलाई अर्बपति बनाएको छ । 

सामाजिक सञ्जालमा चर्चित काइलीका इन्स्टाग्राममा करोडौं फलोअर्स छन् । उनी मात्रै होइन कार्दसियनका पाँचै जना दिदीबहिनीहरु व्यवसायमा र ग्लामर वल्र्डमा उतिकै चर्चित र सफल छन् । यो सुरुगर्दा काइली करिब १८–१९ वर्षकी थिइन् । 

ताजा अपडेट