तीन साता नबित्दै पद खुस्किएका उमाशंकर अरगरिया भन्छन्ः छोटो समयमै भएपनि महत्वपूर्ण काम गर्न पाए ..

काठमाडौं । तीन साता नबित्दै पद खुस्किएका उमाशंकर अरगरियाले आफुले छोटो समयमै महत्वपूर्ण काम गरेको दावी गरेका छन् ।  

मन्त्रिपरिषद विस्तारका क्रममा गत बैशाख २१ गते पर्यटन मन्त्रीमा नियुक्त भएका अरगरियाको  पद तीन साता नबित्दै पद खुस्किएका छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारका क्रममा पर्यटन मन्त्रीमा नियुक्त  गरेका थिए । आफुले छोटो समयमै महत्वपूर्ण काम गरेको दावी गरेका छन् ।

जसपाका नेता समेत रहेका अरगरिया मन्त्री क्वाटरबाट डेरा सर्ने तरखरमा रहेका थिए । बुधबार एक सञ्चारमाध्यमसँग कुराकानीमा उनले भने, ‘मन्त्री भएपछि महत्वपूर्ण काम गरेको र मैले १४, १५ वा १८ दिन जति काम गरेँ, चाहे त्यो एयरपोर्टको सुधारका निम्ति होस् या नीजि क्षेत्रका जहाज डोमेस्टिक उडान थप्नेबारे नै किन नहोस् महत्वपूर्ण काम गर्न सफल भएको छु ।’

अरगरियाले आफुले सम्हालेको पर्यटन मन्त्रालयलाई आफुले बसालेको विधिअनुसार लगिए विश्वमै उत्तम मन्त्रालय हुने दावी समेत गर्न भ्याए । राजनीतक हिसावले आफ्नो सम्बन्ध एमाले र काँग्रेस नेताहरुसँग पनि राम्रो रहेको भन्दै महेश बस्नेतसँग आफ्नो पुरानै सम्बन्ध रहेको बताएका छन् । 

 ‘पहिला राजपरिवारलाई खुसी पारे सांसद मन्त्री हुन पाउँथे भने अहिले राजारुपी अध्यक्षलाई खुसी पार्नुपर्छ’, उनले भने, ‘अहिले पार्टीमा जतिसुकै खट्नुस्, म रातभरि जनतामा खट्छु । तर पार्टी अध्यक्षको विरोध गरे म आउट हुनसक्छु । त्यसैले पहिले राजा र अहिले पार्टी अध्यक्षमा केही फरक छैन ।’अरगरियाले भने ।

पहिला राजा खुसी भए सांसद मन्त्री हुने गरेको भन्दै उनले अहिले पार्टी अध्यक्ष खुसी भएमात्रै मन्त्री बन्नसक्ने परिपार्टी बसेको बताएका छन् । उनले एक नागरिकका लागि नेपालमा लोकतन्त्र भएपनि सांसदका लागि लोकतन्त्र नभएको पनि

ताजा अपडेट