विविध कार्यक्रम सहित ओलम्पिक डे सम्पन्न

काठमाडौं । आधुनिक ओलम्पिकको जन्म दिनको रुपमा रहेको जुन २३ लाई आधार बनाएर नेपालमा विगत ५ दिन देखि मनाईंदै आएको ओलम्पिक डे आज सम्पन्न भएको छ ।
ललितपुर, सातदोवाटोस्थित ओलम्पिक कमिटिको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथी सम्माननिय उपराष्ट्रपती नन्द बहादुर पुनले नेपालको झण्डोत्तोलन गर्नुका साथै पानसमा दीप प्रज्वलन गरेका  िथए । यस्तै कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले अन्तराष्ट्रिय ओलम्पिकको झण्डोत्तोलन गरेका थिए ।
यस्तै ओलम्पियनहरुको टिमले ओलम्पिक टर्चका साथ विभिन्न स्थानको परिक्रमा गरेका थिए । ओलम्पिक कमिटिको कार्यालयमा आएर उक्त टर्च ओलम्पियन मुकुन्दलाल श्रेष्ठले प्रमुख अतिथी उपराष्ट्रपतीलाई हस्तान्तरण गरेका थिए ।

यस्तै प्रमुख अतिथीले कमिटिका अधयक्ष जीवनराम श्रेष्ठलाई र श्रेष्ठले कार्यक्रम संयोजक स्पोर्टस् फर अल कमिशनका अध्यक्ष बिष्णुगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी पुनले सियोल ओलम्पिकमा प्रदर्शन खेलमा विधान लामाले तेक्वान्दोमा प्राप्त गरेको सफलताको सम्झना गर्दै नेपालले ओलम्पिकमा पदक प्राप्त गर्ने लक्षका साथ अगाडी बढ्नु पर्ने बताए । ओलम्पिकमा पदक प्राप्त गर्ने लक्षका साथ नेपालले दिर्घकालिन योजना सहित लगानी गर्न ध्यानकर्षण गराए । अहिले सम्म संगिना बैद्य र दीपक बिष्टले मात्र छनौट चरण पार गरि ओलम्पिकमा सहभागिता जनाएको भन्दै नेपाली खेलाडीहरुका लागि नियमित प्रशिक्षण र पूर्वाधार विकासमा ध्यान दिनु पर्ने बताए ।
प्रमुख अतिथी पुनले कोभिडका कारण मृत्युबरण खेलाडीहरु प्रति श्रद्धान्जली प्रदान गर्नुका साथै संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरे ।
एका थिए ।

ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले खेलकुदले समाजमा सकारात्मक असर पार्ने र यसले शान्ति, सम्बृद्धि, सद्भाव र विकासका लागि सहयोग पुग्ने बताए । उनले यसका लागि संयुक्त राष्ट्र संघ र अन्तराष्ट्रिय ओलम्पिक कमिटिविच सहकार्य भएको बताए ।

कोरोनाको महामारीको बिषम परिस्थितीमा खेलकुदले दिन चाहेको नारा भनेको सुरक्षिर रहौं, स्वस्थ रहौं र बलियो रहौं भन्न रहेको श्रेष्ठले बताए ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले ओलम्पिकमा सहभागी रहने सवै खेलाडीहरुलाई शुभकामना सहित बधाई दिंदै उच्च प्रदर्शनको अपेक्षा रहेको बताए ।