नेप्सेमा कामना सेवाको ऋणपत्र सूचिकृत

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचिकृत भएको छ । ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७ नामक १० वर्षे अवधिको कित्ता ऋणपत्र सूचिकृत भएको हो । बैंकले माघ २२ गतेबाट फागुन ६ गतेसम्म १ अर्ब रुपैयाँ बराबरको उक्त ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । 

ताजा अपडेट