अरुण भ्यालीको अवितरित ४ लाखभन्दा बढी हकप्रद लिलामीमा

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म निष्काशन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ४ लाख ३५ हजार ८ सय ९४ कित्ता हकप्रद शेयर आज असार ९ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ ।
 
शेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

उक्त शेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले असार १६ गतेसम्म बोलपत्र पेश गर्न पाउनेछन् । न्यूनतम मूल्य १ सय रूपैयाँ तोकिएको हुँदा लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने हुन्छ । 

आवेदन न्युनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण शेयरका लागि दिन सकिने व्यवस्था रहेको छ ।

मुक्तिनाथ क्यापिटल, कमलादी–काठमाडौं, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु कुमारीपाटी–ललितपुर, भक्तपुर–ठिमी, इटहरी–इलाम, पोखरा–नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, जनकपुर तथा अरुण भ्यालीको कार्यालय थापाथली, काठमाडौंबाट लगानीकर्ताले बोलपत्र पेश गर्न पाउनेछन् ।

ताजा अपडेट