सुनको मूल्यमा गिरावट

काठमाडौं । आज बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैँयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ तोकिएको छ । 

यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रही १ हजार २ सय ९५ रुपैयाँ कायम रहेको छ ।