ओलीलाई वामपन्थी भन्न मिल्दैन, उनी दक्षिणपन्थी कित्ताको मेरुदण्ड हुन्ः पुरञ्जन आचार्य

काठमाडौं । विश्लेषक तथा राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले कम्युनिस्ट पृष्ठभूमि तर कार्यशैली, सोच, निर्णय प्रक्रिया र चिन्तनबाट हेर्दा केपी शर्मा ओली दक्षिणपन्थी भएको बताएका छन् ।

उनले पृष्ठभूमि कम्युनिस्ट तर कार्यशैली, सोच, निर्णय प्रक्रियाबाट हेदाए दक्षिणपन्थी भएको राजनीतिक विश्लेषक आचार्यको बुझाइ छ । 

राजनीतिक विश्लेषकहरुले ओलीले चालेका कदम र उनले लिएका विचारहरुलाई नेपाली राजनीतिको ‘दक्षिणपन्थ कित्ताको मेरुदण्ड’ मान्दछन् । 

आचार्यको बुझाइमा जसले राजनीतिलाई धर्ममा जोड्छ, त्यो दक्षिणपन्थी नै हुन्छ । जसले चाहिनेभन्दा धेरै आफ्नो इतिहास र आफ्नो भूगोलमा गर्व गर्छ, त्यसले आफूलाई दक्षिणपन्थी भएको पुष्टि गर्छ ।

आचार्यको तर्क छ, ‘ओलीले हरेक पटक राम पनि यहीँ जन्मेका हुन् र यही भूगोल हो भनेर जोड्ने गर्छन्, त्यो दक्षिणपन्थ हो । जसले यो देशको बहुसंख्यक सांस्कृतिक समूहको पुष्टीकरण गर्छ, त्यो दक्षिणपन्थ हो । यसले कर्पोरेट हाउस र बिचौलियाहरुलाई संस्थागत गर्छ, जसमा ओलीसँग ओम्नी या यति प्रकरण जोडिएको छ ।’

ओलीलाई अहिले वामपन्थी भन्न मिल्दै नमिल्ने बताएका छन् । उनी कस्ता हुन् भन्नेबारे उनका पार्टीका वा उनको क्याबिनेटका एक मन्त्रीको भर्खर सार्वजनिक भएको समाचारबाट पनि उनी कस्ता हुन् भन्ने पुष्टि गरेको बताएका छन् । 

राजनीतिक विश्लेषक आचार्यले दक्षिणपन्थीका ११ वटा सर्वमान्य र विश्वव्यापी बुँदाहरु भएको बताउँदै  ११ मध्ये १० वटामा ओली फिट भएको बताउँछन् । 

ओलीको संगत पनि राष्ट्रिय पार्टी छाडेर क्षेत्रीय पार्टीहरुसँग हुन थाल्नुले पनि उनी दक्षिणपन्थी भएको पुष्टि गर्ने आचार्यको भनाइ छ । 

ताजा अपडेट