प्रतिनिधि सभा विघटन विरुद्घ ५ विद्यर्थी संगठनले जलाए प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला

काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्घ संघर्ष गर्न बनेको ५ दलिय गठबन्धन अन्र्तगतका निकटका विभिन्न विद्यार्थी संगठनले​ प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

प्रतिगमनको विरोधमा विद्यार्थी संगठनले शुक्रबार गरेको  प्रदर्शनमा शंकरदेव क्याम्पसबाट ७ जना पक्राउ परेका छन् ।

प्रदर्शनकारीले राँके जुलुस र पुतला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । पटक–पटक संसद विघटन गरेर संविधान विरोधी गतिविधि गरेको भन्दै उनीहरुले प्रधानमन्त्री ओलीविरुद्घ नाराबाजीसमेत गरेका थिए ।