नेपालले फोनमा कुरा गर्न चाहेनन्, ‘यस्तो पाराले कसरी हुन्छ पार्टी एकता ?’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट नेता माधवकुमार नेपालले फोन गर्दा कुरा गर्न नचाहेको बताएका छन् । 


एमालेको केन्द्रीय  कमिटीको बैठकमा आफ्नो धारणा राख्दै अध्यक्ष ओलीले बिहीबार आफूले नेता नेपाललाई फोन गरेको र नेपालले बोल्न नचाहेको गुनासो गरेका हुन् ।

हिजो मैले माधव नेपाललाई फोन गरेँ । भेटौँ, पार्टी एकताका लागि कुरा गरौँ भनेँ । तर, उहाँले भेट्न मान्नुभएन । उल्टै तपाईंको टेलिफोन उठाउन दिन भनेको साथीहरूको दबाबले मात्र उठाएको हुँ भन्ने जवाफ आयो,’ ओलीले भने । 

ओलीले आफू एकताको लागि तयार रहेको तर असन्तुष्ट समुहले विपक्षीसँग  गठबन्धन गरेर पार्टीलाई कमजोर बनाउने क्रियाकलाप गरेको पनि बताएका छन् । साथै यस्तो अबस्तामा ‘अध्यक्ष त के अध्यक्षको हजुरबुवाले पनि सक्दैन,‘ ओलीले भने । 

ताजा अपडेट