मनकामना स्मार्टको आईपीओमा मागभन्दा ४५.०८ गुणा बढी आवेदन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको आज दोश्रो दिन बेलुकासम्म माग गरिएको भन्दा ४५.०८ गुणा बढी आवेदन परेको छ  ।

निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार शुक्रबार बेलुका ५ बजेसम्ममा १२ लाख ३१ हजार २ सय ११ जना आवेदकबाट १ करोड ६३ लाख ८९ हजार ८ सय ४० कित्ताको लागि आवेदन परेको छ । 

कम्पनीले हिजो असार १७ गते बिहिबारबाट १ सय रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीलाई र सर्वसाधारणका लागि जारी गर्नलागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ । त्यस्तै, बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । 

न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि लगानीकर्ताले छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, तिनका तोकिएका शाखाहरु एवम् मेरो शेयरबाट आवेदन दिन सक्ने व्यवस्था रहेको छ । 

इक्रा नेपालले उक्त आइपिओलाई इक्रा आइआर बीबीबी माइनस रेटिङ दिएको छ । जसले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।

ताजा अपडेट